भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ७ हजार ४१६ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९२६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७९ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७३ हजार २७२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । यता, विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ५७५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ६४ हजार ८३८ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिँदा हालसम्म विश्वमा ३ करोड ६७ लाख ५४ हजार ३९५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस