असोज २८, काठमाडौं । अमेरिकामा कोरोनाबाट संक्रमित हुने कुल संख्या ८० लाख ८९ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप ५१ हजार ३५३ जना संक्रमित भएका छन् ।
यो अवधिमा त्यहाँ ८०९ जनाको मृत्यु भएको छ । अमेरिकामा कोभिड(१९ बाट हालसम्म दुई लाख २० हजार ८२७ जनाको ज्यान गएको छ । ५२ लाख २२ हजार ८० जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमित २६ लाख ४७ हजार २२ जना पुगेका छन् । १५ हजार ११ जना गम्भीर बिरामी छन् ।