भारतमा कोरोनाले ६ सय ९४ जनाको मृत्यु, ६७ हजार ९८८ संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २९, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ ।

तीमध्ये हालसम्म एक लाख ११ हजार ३११ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । हालसम्म भारतमा ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । अहिले त्यहाँ आठ लाख १३ हजार ३०३ सक्रिय संक्रमित छन् । तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस