भारतमा सक्रिय संक्रमित आठ लाखभन्दा कम

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक १, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाण्डौ । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण दर केही घटेको छ । जसका कारण संक्रिय संक्रमित पनि घट्दै गएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले भारतमा संक्रिय संक्रमितको संख्या आठ लाखभन्दा कम भएको छ । दुई साताअघिसम्म पनि भारतमा ९–१० लाख संक्रिय संक्रमित थिए । मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रिय संक्रमित अवस्थामै रहेकाहरूको यो संख्या अहिलेसम्मकै कम हो । ‘भारतमा संक्रमित अवस्थामै रहेकाहरूको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो ,’ मन्त्रालयले ट्वीटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या सात लाख ९५ हजार ५३ रहेको छ । ती मध्ये ६६ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ७४ लाख ३२ हजार ६ सय ८१ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस