चिनियाँ खोप : अन्तिम चरणको परिक्षण सुरक्षित रहेको दावी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक ५, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाडौ । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित रहेको देखिएको छ । सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजाअनुसार सिनोभ्याकको उक्त खोप कोरोनाविरुद्ध प्रभावकारी पनि देखिएको हो । ब्राजिलमा सिनोभ्याकको खोपको परीक्षण गरिरहेको साओ पाउलोको बुटानटान इन्स्टिच्युटकाअनुसार क्लिनिकल परीक्षणको तेस्रो चरणमा नौ हजार स्वयंसेवकमा गरिएको परीक्षणमा यो खोप सुरक्षित देखिएको छ । उनीहरुलाई खोपको दुई डोज दिइएको थियो ।
सिनोभ्याक अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने पहिलो कम्पनी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस