भारतमा ७७ लाखभन्दाधेरै छन् संक्रमित, ६८ लाखभन्दा बढी घर फर्किए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस