भारतमा थप ४९ हजार जनामा संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक १४, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस