भारतमा ८१ लाखभन्दा बढीमा संक्रमण,२४ घण्टामा ४८ हजार १२० जनामा संक्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक १५, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४८ हजार १२० जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३० हजार ९११ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ८३ हजार ५७४ जनाको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५५० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस