भारतमा संक्रमित थपिने भन्दा निको हुनेको दर कम हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १२, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित थपिने भन्दा निको हुनेको दर कम हुँदै गएको छ । गत मंगलबारदेखि निरन्तर रुपले कोरोना संक्रमित बढेका छन् । तर मुक्त हुनेको संख्या घट्दो छ । बिहीबार ४३ हजार १७४ जना संक्रमित थपिँदा ३९ हजार ७२३ जनामात्र कोरोनामुक्त भएका छन् ।

भारतमा कुल संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ । निको हुने ८७ लाख १७ हजार ७०९ रहेका छन् । सक्रिय संक्रमित हाल ४ लाख ५४ हजार २७९ रहेका छन् । जबकि यो संख्या ४ लाख ३० हजारको आसपासमा आइसकेको थियो । बिहीबार ४९१ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ३५ हजार ७५२ जनाको ज्यान गइसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस