मंसिर १३, काठमाण्डौ । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २ सय ३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष आईसीयूमा शुक्रबार आगलागी भएको हो ।
जलेर पाँच जना कोरोनाका बिरामीको मृत्यु भएको छ भने ६ जना भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन् । घटनापछि अस्पतालमा उपचाररत २२ बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । विद्युत चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ। तर प्रस्ट भइसकेको छैन ।