मंसिर १४, काठमाडौं । विश्वमा कोरोना संक्रमण फैलिएयताकै सबैभन्दा धेरै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ हजार २९६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन सबैभन्दा धेरै अप्रिल १७ मा १२ हजार ४८२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ८२ छ । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै नोभेम्बर १४ मा ६ लाख ६८ हजार ९५३ मा संक्रमण पुष्टि भएको थियो ।