अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमााडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक हजार ९६ जनाको मृत्यु भएको छ ।

यसरी कोरोनाबाट मृत्यु हुनेको कुल संख्या दुई लाख ७४ हजार १ सय ९० पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन एक लाख ४९ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ३९ लाख ७ हजार ७ सय ३७ जना पुगेको छ । त्यस्तै अमेरिकामा ८१ लाख ९८ हजार १ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५४ लाख ३५ हजार ४ सय १० जना उपचाररत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस