अमेरिकामा बुधवार कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ भने ६ करोड ४८ लाख ३८ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४ करोड ४९ लाख ३६ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ६ हजार ६९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बुधवार ६ लाख ३४ हजार ९७० जनालाई संक्रमण भएको छ भने १२ हजार ३७६ जनाको मृत्यु भएको छ । यो संख्या विश्वमा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भएको छ भने १ करोड ४३ लाख १३ हजार ९४१ जनालाई संक्रमण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस