मंसिर ३०, काठमाण्डौ । अमेरिकाका कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सोमबार खोप अभियान सुरु गरिएको जानकारी दिएका हुन् । अमेरिकी सञ्चारमाध्यमका पहिलो खोप अश्वेत नर्स सन्ड्रा लिन्ड्जेलाई लगाइएको हो । अमेरिकामा पहिलो चरण स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। त्यसका लागि अमेरिकाका विभिन्न राज्यका १४५ स्थानमा खोप पुर्याइएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पनि खोप लगाउन प्रस्ताव गरिएको छ। तर ट्रम्पले अहिले नै खोप लगाउँछन् कि लगाउँदैनन्, स्पष्ट भइसकेको छैन। किनकि उनी यसअघि नै कोरोनाबाट संक्रमित भइसकेका छन् । नवनिर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि कोरोनाविरुद्ध खोप दिने योजना छ । अमेरिका संसारमा सबैभन्दा बढी कोरोनापीडित मुलुक हो ।