पुस १९, काठमाण्डौ । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया डीसीजीआईले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।
विशेष सरकारी स्रोतका अनुसार विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड-१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको हो ।