पुस २३, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा विश्वभर ६ सय दुई जना पत्रकारको मृत्यु भएको विवरण प्रेस एम्ब्लेम क्याम्पेन पिइसीले सार्वजनिक गरेको छ । पिइसीले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरू पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरूलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह गरेको छ ।
कोरोना संmक्रमणको कारण ज्यान गुमाउने आधाभन्दा बढी अर्थात् ३०३ जना पत्रकार ल्याटिन अमेरिकी मुलुकका छन्। त्यसैगरी ज्यान गुमाउनेमा एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ र अफ्रिकाका २८ जना रहेका पनि प्रतिवेदनमा उल्लेख छ ।