बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ओरालो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विगत दुई दिनदेखि ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया वीकेन्डमा सार्वजनिक तथ्याङ्क अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।

यसैगरि बेलायतमा कोरोना माहामारीको दोस्रो लहर शुरु भएयता झन्डै एक महिनापछि संक्रमित संख्यामा पनि कमी आएको छ । पछिल्लो समयमा देखिएको नयाँ भाइरसका कारण बेलायतमा एकैदिन झन्डै ७० हजारसम्म संक्रमित पुगेका थिए । बितेको २४ घन्टामा थाप २२ हजार १९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ६९ हजार ६५८ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस