बिश्वमा कोरोना अबस्था : २४ घन्टामा १० हजारको मृत्यु,अमेरिकामा दुई हजारबढीको ज्यान गयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा नौ हजार नौ सय ६५ जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनदेखी मृतकको संख्या घटिरहेकोमा आज फेरि बढेको हो ।

संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४२ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ६४ जना जना संक्रमित थपिएका छन् । ब्राजीलमा एक हजार तीन सय ७० जनाको मृत्यु भएको छ भने ६३ हजार ९० जना संक्रमित थपिएका छन् ।

यसैगरी बेलायतमा पाँच सय ४८ जना, रुसमा चार सय १७ जना, स्पेनमा चार सय ४३ जना, फ्रान्समा तीन सय ४१, जर्मनी चार सय ४२ जना, इटालीमा तीन सय ५६ जना, मेक्सिकोमा चार सय २९ जना, पोल्यान्डमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा दुई सय ६३ जना, तीन सय २३ जनाको मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस