फागुण १५, काठमाडौ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन नौ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । गत २४ घण्टामा विश्वभर नौ हजार दुई सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख २७ हजार नौ सय ५२ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार आठ सय ९३ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख २२ हजार सात सय २९ पुगेको छ ।
भारतमा सोही अवधिमा एक सय नौ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार नौ सय ७० पुगेको छ । गत २४ घण्टाको अवधिमा बेलायतमा तीन सय ४५ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय २७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका तीन सय २९, मेक्सिकोका आठ सय ७७, जर्मनीका चार सय १८, रूसका चार सय २८, दक्षिण अफ्रिकाका एक सय १७, फ्रान्सका तीन सय ७९ तथा इटलीका दुई सय ५३ जना रहेका छन् ।