फागुण १७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको छ । यसैगरी विश्वमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।
यसैगरी ब्राजीलमा सात सय ५५ जनाको मृत्यु भएको छ भने ३४ हजार २७ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट रुसमा तीन सय ७९, भारतमा एक सय आठ, बेलायतमा एक सय ४४, फ्रान्समा एक सय २२, इटालीमा एक सय ९२, कोलम्बियामा एक सय ६ जनाको मृत्यु भएको छ ।