बिश्वमा कोरोना : २४ घन्टामा करिब ६ हजार चार सयको मृत्यु, २ लाख ८१ हजारबढी थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १८, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुण १८, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा करिब ६ हजार चार सयको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ हजार तीन सय ९३ जनाको मृत्यु भएको छ भने दुई लाख ८१ हजार सात सय ४१ जना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ७२ जनाको मृत्यु भएको छ भने ४९ हजार नौ सय २३ जना संक्रमित थपिएका छन् । ब्राजीलमा आठ सय १८ जनाको मृत्यु भएको छ भने ३८ हजार तीन सय ४९ जना संक्रमित थपिएका छन् । यसैगरी फ्रान्समा तीन सय ७५, रुसमा तीन सय ३३, बेलायतमा एक सय चार, स्पेनमा एक सय ५५, इटालीमा दुई सय ४६, जर्मनीमा दुई सय ३७, कोलम्बियामा एक सय, अर्जेन्टिनामा एक सय १२, मेक्सिकोमा चार सय ५८, इरानमा एक सय आठ, इन्डोनेसियामा एक सय ५९, पेरुमा एक सय ९१, बुल्गेरियामा एक सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस