बिश्वमा कोरोना अबस्था : २४ घण्टामा चार लाख ३३ हजारभन्दा बढी संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन २२, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुण २२, काठमाण्डौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ३३ हजार चार सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय ९४ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ६६ लाख ४६ हजार पाँच सय ६९ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २५ लाख ९० हजार नौ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा ब्राजिलमा सबैभन्दा बढी ७५ हजार तीन सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार सात सय ६० जनाको मृत्यु भएको छ । अमेरिकामा ६३ हजार पाँच सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार छ सय ४५ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप पाँच हजार नौ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण दुई सय ३६ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा १८ हजार दुई सय ९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ । रूसमा पछिल्लो २४ घण्टामा ११ हजार २४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ६२ जनाको मृत्यु भएको छ । यस्तै, फ्रान्समा २३ हजार पाँच सय सात, दक्षिण अफ्रिकामा एक हजार तीन सय १३, कोलम्बियामा तीन हजार तीन सय ७१, मेक्सिकोमा सात हजार पाँच सय २१, इरानमा आठ हजार तीन सय ६७, जर्मनीमा नौ हजार पाँच सय ८१, इटलीमा २४ हजार ३६, स्पेनमा छ हजार छ सय ५४, टर्कीमा ११ हजार तीन सय दुई तथा अर्जेन्टिनामा सात हजार आठ सय ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस