असार २४,काठमाडौँ । आकर्षक नतिजा, दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधि, पुग्दो शैक्षिक स्रोत साधन नै खास आकर्षण हो, जुबिलेन्ट कलेजको । काठमाडौ महानगरपालिका वडा नं १३ कालिमाटीमा अवस्थित जुबिलेन्ट कलेजमा यतिबेला कक्षा ११ मा फर्म भर्ने, राय लिने, प्रवेश परीक्षा दिने र भर्ना गर्ने विद्यार्थीहरूको ठूलो चहलपहल देखियो ।
राजधानीको प्रतिष्ठित र पुरानो कलेजमा प्लस टु स्तरमा विज्ञान, मानवशास्त्र, व्यवस्थापन र कानून संकायमा अध्यापन गराइन्छ । अहिले कलेजमा बिद्यार्थीको बाक्लो उपस्थिति र भर्ना जारी रहेको कलेजका अध्यक्ष डा. होमनाथ लुँइटेलले अनलाइनकेन्द्रलाई जानकारी दिए । उनले भने कलेजमा बिद्यार्थी र अभिभावकको राम्रो भ्रमण छ, उहाँहरुको फिडब्याक र भर्नादर पनि राम्रो छ ।राजधानीको केन्द्र भागमा कलेज रहेकोले पनि सबैलाई पायक पर्ने, उत्कृष्ट नतिजा ल्याउन सफल र खेलकुदसंगै अतिरिक्त क्रियाकलापमा बलियो उपस्थिति भएकोले बिद्यार्थीको रुची जुबिलेन्ट कलेज प्रति बढ्दै गैरहेको उनले बताए ।
कलेजका प्रिन्सिपल ऋषि प्रसाद न्यौपानेले कक्षा ११ का विद्यार्थीहरुको जीवनमा तुरून्तै फाईदा पुग्ने गरी ब्यबहारिक पक्षहरु सुधार गर्दै पठनपाठनलाई सजिलो र प्रभावकारी बनाउँदै उत्कृष्ट नतिजा निकाल्न जोड दिने बताए ।
कक्षा ११ देखि स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने यस कलेजको गुणस्तरीय शिक्षा नै बलियो जग हो ।
विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा शतप्रतिशत छात्रवृत्तिका साथै विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको लागि विभिन्न छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । नेशनल मेडिकल कलेज बंगलादेश, पुल्चोक ईन्जिनीयरिड. कलेज लगायतका संस्थाहरुमा जुबिलेन्टका पास आउट विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
यू के कलेज र अन्य अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पढाइसँगै कम्प्युटरका सीपहरूः साइवर सेक्युरिटी, ए आई, लगाएतका कोर्सहरु गराएर विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल रहेको पनि पाइयो ।