फागुन १७, काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘समय आएपछि’ सार्वजनिक भएको छ ।
धुव्र केसी (गुमनाम)को शब्द रहेको यस गीतमा सँगीतकार इश्वर खत्री ले सँगीत भरेका छन् ।
गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मासँगै रश्मि भट्ट, श्वेता गोले, राजाराम गौतम आदिको अभिनय रहेको छ।
प्रभावन जेले यस यस भिडियोलाई निर्देशन गरेका छन् ।