अखिल नेपाल महिला संघ गण्डकीको प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • २८१ पटक पढिएको
अखिल नेपाल महिला संघ गण्डकीको प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

साउन ३१,काठमाडौँ । अखिल नेपाल महिला संघ केन्द्रिय प्रशिक्षण बिभाग तथा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटी द्वारा श्रावण २५ देखि २७ सम्म संचालित प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण अखिल नेपाल महिला संघ केन्द्रिय प्रशिक्षण बिभाग तथा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीद्वारा संचालित उक्त तालिममा प्रमुख वक्ता गण्डकी प्रदेश इन्चार्ज एवं पार्टीका स्थायी कमिटीका सदस्य किरण गुरुङ , प्रमुख अतिथि केन्द्रिय अध्यक्ष टुका भद्र हमाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता संघको प्रदेश अध्यक्ष हिरा कुमारी गिरी र संघका सचिव खरमाया बिटालुले गरेका थिए ।

तीन दिनसम्म संचालनमा रहेको प्रसिक्षणमा महिला इतिहास आन्दोलन र उपलब्धि संघका केन्द्रीय अध्यक्ष टुका हमाल, संघका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सञ्चार र महिला, संघका केन्द्रीय महासचिव पेम्बा लामाले संगठन निर्माण , सञ्चालन र व्यबस्थापन, संघका केन्द्रीय उपमहासचिव शान्ति अधिकारीले आर्थिक तथा लेखा व्यवस्थापन,नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नबराज शर्माले दशौ महाधिवेशनको कार्यदिशा, सचीव धन्नजय दवाडीले माक्सवादी दर्शन र जबज, संघका प्रदेश कमिटी अध्यक्ष हिरा कुमारी गिरीले उद्मशिलता आर्थिक सशक्तीकरणको बिषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा सहभागीहरुले जिल्ला र पालिका तहमा प्रशिक्षण संचालन गर्नेछन् । सहभागीहरुले प्रशिक्षण प्रभाबकारी रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस