उपराष्ट्रपति पुन चीन प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन ३, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असोज ३,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन ।

असोजको ४ (सेप्टेम्बर २०) गतेदेखि चीनका छेन्दुमा शुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तराष्ट्रिय मेला’मा सहभागी हुन चिन गएका हुन । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले उपराष्ट्रपति पुनलाई बिदाई गरे ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका उपराष्ट्रपति पुनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन शत्रको कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन । त्यसै दिन उपराष्ट्रपति पुनले ‘एक क्षेत्र एक मार्ग’ (ओबीओआर) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहँदा उपराष्ट्रपति पुनसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र उच्चपदस्थ सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस