एकीकरण प्रक्रिया छिट्टै अघि बढ्ने राप्रपा प्रजातान्त्रिकको दाबी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ३०,काठमाडौँ । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय कार्यसमितिको बैठकमा तीनओटै राप्रपाबीच एकीकरण प्रक्रिया अवरुद्ध भएको विषयमा छलफल भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी एकता हुनेरनहुने सन्दर्भमा चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा एकीकरण प्रक्रियाको अहिलेसम्मको प्रगतिबारे पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले जानकारी गराएको पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

तीनओटै राप्रपामा नीति, सिद्धान्त र विचारमा मतभेद नरहेकाले एकीकरण प्रक्रिया छिट्टै अघि बढ्ने दाबी पनि गुरुङले गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस