अनुशासित श्रममन्त्री: जसले ट्राफिक नियमको पालना गर्छन्, जनतालाई दुःख दिँदैनन् !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । नियोजित रुपमा मिसन चलाएर वर्तमान सरकारको चर्को आलोचना गर्नेहरू पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । धेरै प्रचार नचाहने तर आफ्नो जिम्मेवारी पूरा गर्ने बानी भएका उनै मन्त्री ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीमा पर्छन ।

प्रायस् मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलार्इ गाडी हुइँक्याउन लगाउँछन तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा पनि रोकिन्छन । मंगलबार थापाथली चोकमा रातो बत्तिको जाममा बसिरहेको समयमा मन्त्रीको गाडी देखियो । सवारी चालकहरुले मन्त्रीको गाडी लाइनमा देखेपछि कौतुहलता देखाए । त्यही बेला पत्रकार रामेश्वर बोहराको क्यामरामा गाडी कैद भयो ।

क्यामरामा फोटो कैद गरेपछि पत्रकार बोहराले गाडीभित्र हेरे, त्यहा श्रममन्त्री बिष्ट रहनु भएको रहेछ । उनले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल बनेको छ । धेरैले त्यसलार्इ रिट्वीट गरिरहेका छन भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन ।

बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ १’

ताजा अपडेट

खोजी गर्नुहोस