पौष २३, काठमाडौं । नेपाली सेनाले पाँच वरिष्ठ सहायक रथीहरुलाई उपरथी पदमा बढुवाका लागि सिफारिस गरेकाे छ।
उपरथी पदमा बढुवाका लागि सिफारिसमा पर्ने सहायक रथीहरुमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन्।
सैनिक नियमावली २०६९ को परिच्छेद ३ सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि १५ दिने सूचना प्रकाशित गरेको छ। बढुवाका लागि सिफारिस भएकाहरु विरुद्ध उजुरी, दावी विरोध गर्ने व्यवस्था अनुसार, १५ दिने सूचना प्रकाशित गरिएको हाे।
सेनाले सहायक रथीहरुको बढुवाका लागि साेमबार (२०७५ पुस २३ गते) १५ दिने सूचना प्रकाशित गरेको छ।