राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ।

अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

२ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् ।

फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् ।

सिआइबीले फुल्हम र ओङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरेको थियो । ओङछुलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ । उनी हालसम्म अस्ट्रेलियामै छन् । उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ ।

‘चालक ओङछुलाई पक्राउ गर्न नसक्दा हामी राजदूतसम्म पुग्न सकेनौँ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘नेपालबाट तीनजना लैजाने क्रममा राजदूत शेर्पा र चालक ओङछुबीच विवाद भएको देखिन्छ । दुईजनाको विवादकै कारण ती तीनजना जान नसकेको जस्तो देखिन्छ ।’ राजदूतले भान्छे, चालक तथा सहयोगीका रूपमा केही कर्मचारी लैजाने सक्ने प्रावधान छ।

राजदूत शेर्पाले भनेपछि तीनजनासँग पैसा उठाएको फुल्हमको बयान
सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस