जापानका विदेश मन्त्री कोनोले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । नेपालको भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गर्दैछन् ।

जापानका विदेश मन्त्री कोनोले बिहान साढे ८ बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी छ । भेटमा दुई देशबिचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी हुने जनाइएको छ ।

यस्तै कोनोले त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् । राष्ट्रपतिसँगको भेटका लागि कोनो ९ बजेपछि शीतल निवास जाने कार्यक्रम छ ।

बुधबार नेपाल आएका कोनो र उनका समकक्षी प्रदीप ज्ञवालीबिच भेटवार्ता भइसकेको छ र दुवै मन्त्रीले दुई देशबिचको सीधा हवाई सेवाबारेको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस