भारतीय दूतावासद्वारा कनेक्टृइन–दोस्रो इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव’ आयोजना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • १११ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावास र क्लक बि बिजनेस इन्नोभेसनको सहकार्यमा कनेक्टृइन, इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव’ को सेकेण्ड एडिशन आयोजना हुने भएको छ । माघ ५ गते होटेल याक एंड यतीमा आगामी ५ गते कार्यक्रम हुन लागेको हो ।

गत बर्ष चैत्र १० गते, ‘कनेक्टृइन’को पहिलो संस्करणमा दुई देशका उद्यमी समुदायहरुको बीचमा नयाँ र अभिनव विचारहरूको आदानप्रदानको लागि ४०० स्टार्टअप, उद्यमी, लगानीकर्ता, इच्छुक युवाहरू, विशेषज्ञहरू, उच्च रैंकिंग भारतीय र नेपाली सरकारी अधिकारी र मिडियाको सम्मेलनमा सफलतापूर्वक आयोजित गरिएको बताइएको छ ।

नेपाल र भारतका भिन्नभिन्न स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ता, मार्केटर्स, वकीलहरू, लेखा परीक्षक, सरकार, विश्वविद्यालयहरू र कलेजहरू, मेंटर्स, सलाहकार, कर्पोरेट, इनक्यूबेटर, व्यापारउत्साहीहरु बिच सम्बन्ध बढाउने, र छलफल गर्दे आफनो अनुभवआदनप्रदानगर्ने यस सम्मेलनको उद्देश्य रहेको छ ।

बुधबार अयोजित गरिएको पत्रकार सम्मेलनमा भारतीय राजदूतावासको दोस्रो वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले युवाउद्यमीहरु, लगानीकर्ता, सल्लाहकारहरु संगसम्बन्ध वृद्घि गर्न, त्यसैगरि विशिष्ठ उद्यमीको यात्राबाट सिक्ने, र भारत र नेपालका उद्यमीहरुबीच नेटवर्क बढाउन सकिने जानकारी दिए ।

कनेक्टृइनको मुख्य उद्देश्यमध्ये एकस्टार्टअप स्कआउट गर्ने, स्टार्टअप इन्क्युबेसन कार्यक्रममा ट्रेनिंग र मेन्टरशिपदिने, र अन्त्यमा सबैभन्दा धेरै सम्भावना भएको स्टार्टअपलाई फिनालेमा लैजाने योजना रहेको बताइएको छ । त्यसैगरि आयोजकहरूले कलेज र युवास्तरको प्रचारका गतिविधिहरू र आइडिएसन वर्कशपहरू विभिन्न शहरहरूमा आयोजना गरिएको छ।

यस सम्मेलनका लागि सोशिअल मीडिया क्याम्पेन, आउटरिच क्रियाकलाब र पार्टनरसिपद्वारा सयौं आवेदनहरु रिशिव गरिएको थियो । यस १०० आवेदनहरूबाट टप २१ आइडियाहरु स्क्रिन गरि ७ दिनको ’स्टार्टअप इन्क्युबेसन कार्यक्रम’आयोजना गरिएको थियो । त्यसपछि यी २१ आइडियाजहरू ‘आइडिया अडिशन’ मा स्क्रिन गरी सबैभन्दा धेरै सम्भावना भएकोे टप ६ आइडियाजहरूले भारत र नेपालका उद्यमीलगानीकर्ता, र उद्यमीहरूको अगाडी पिच गर्ने बताईको छ । यी टप ६ आइडियाजहरु एयरलिफ्ट, स्वदेशी इन्नोभेसन्स, मेकर भ्याल्ली, अन्स्कूल, अफरिङ् ह्याप्पिनेस, र वाकम्यान,छानिएकोक्लक बि बिजनेस इन्नोभेसनका निर्देशक डिल्लि राजजोशीले जानकारी दिए ।

मंजीवसिंह पुरी, नेपालका लागि भारतिय राजदुतले कार्यक्रममाइनागुरल नोटको रूपमा सम्बोधन गर्नेछन् । कनेक्टृ इनकास्पीकरहरुमा विक्रान्त गुगननी, यु फर्स्ट भेन्चर्स एन्ड ट्रान्सएशिया भेन्चर्सका संस्थापकस आदित्यघोष, इन्डिया एन्ड साउथ एशियार ओयो होटेल्स एन्ड होम्सका प्रमुख कार्यकारी अधिकृतस हेमराज ढकाल, आइ एम ई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक सरंजीत आचार्य, प्रिजमा ऐडभरटाईजिङका प्रमुख कार्यकारी अधिकृत सनरोत्तम आर्यल, किंग्स कलेजका अध्यक्षससुशील पोखरेल, सुष्मित ग्रुपका प्रमुख कार्यकारी अधिकृतस भारतीय राजदूतावासको दोस्रो वाणिज्य सचिव कपिध्वजप्रताप सिंहसवरुण सरफ वेंचर फिलन्थ्रोपिस्ट र सामाजिक उद्यमी र कुबेर चालीसे, कारोबार दैनिकका सम्पादक रहेको अयोजकले बताए ।

कार्यक्रम सन्चालककाअनुसारयस सम्मेलनमासहभागीहुनकालागि१००० भन्दा बढी उद्यमी, स्टार्टअप, र विद्यार्थीहरूले रजिस्टर्ड गरेका छन् ।

यस ‘कनेक्टृइन, इन्टरनेस्नल एन्टरप्रेनर्शिप कन्क्लेव’मापावर्डस्पन्सर–क्व्ख्ल् अरुन–३पावर डेवलपमेंट कम्पनिप्राइवेट लिमिटेड, प्रिमियर स्पन्सर–ब्लिङकवेंचर,हस्पिट्यालिटी पार्टनर –ओयो होटेल्स,ईन्सुरेन्सपार्टनर –नेसनल ईन्सुरेन्स,टूरिजÞ्म पार्टनर –नेपाल टूरिजम बोर्ड, टेक्नोलजी पार्टनर–उपसर्ग टेक्नोलजी, नलेज पार्टनर–किंग्स कलेज, म्यागजिन पार्टनर–उडान,लजिस्टिक पार्टनर –डाकी रहेको आयोजकले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस