नेविसंघको म्याद माघ १० सम्म थपियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौं । नेपाली कांग्रेसले नैनसिंह महर नेतृत्वको नेविसंघ कार्यसमितिलाई निरन्तरता दिने भएको छ।

महर नेतृत्वको १६५ सदस्यीय कार्यसमितिको दुई बर्ष पाँच महिने म्याद बुधबार सकिँदै थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ नेतृत्वविहीन हुन नसक्ने भएकोले यही कार्यसमितिलाई माघ १० सम्म निरन्तरता दिइएको बताए।

पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा शर्माले माघ १० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले नेविसंघबारे थप निर्णय गर्ने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस