फागुन १७, काठमाडौं । अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्यअ वस्था सुधार भएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिए ।
आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उनले बताए ।