ऊर्जामन्त्री पुनको स्वास्थ्यमा सुधार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौँ । ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ ।

उहाँको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन्। मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

यस्तै शुक्रबार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस