फागुन १८,काठमाडौँ । भावी रणनिती बनाउन रुपन्देहीको भैरहवामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलसहित केन्द्रिय समितीको बैठक सुरु भएको छ।
बैठकमा केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र महतो, अनिल कुमार झा, शरतसिंह भण्डारी, राजकिशोर यादवको सहभागिता रहेको छ। सदस्य महन्थ ठाकुरको अनुपस्थितिमा नेता शर्वेन्द्रनाथ शुक्लले बैठकको प्रतिनिधत्व गरेका छन्।
त्यस्तै बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्ष मण्डलका संयोजक/सदस्य लगायतको उपस्थिति रहेको छ। यस अघि राजपाले प्रदेश नम्बर एकको विराटनगर, दुईको जनकपुर र पाँच तथा सातको संयुक्त रुपमा नेपालगंजमा समीक्षा बैठक सम्पन्न गरिसकेको छ।
बैठकमा उपस्थित केन्द्रिय अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुले जिल्ला समितिहरुसँग जिल्लामा पार्टीको अवस्था, संगठन विस्तार, महाधिवेशन लगायत विषयमा छलफल गर्ने तथा आवश्यक निर्देशन दिने बताइएको छ।