डाक्टरको निर्णय पर्खदै अधिकारी परिवार, सामाजिक सञ्जालमा श्रदाञ्जलीको ओईरो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । पुर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यतिबेला मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अधिकारी परिवार र विभिन्न दलका नेता तथा कार्यकर्ता अस्पतालको आधिकारिक निर्णय सुन्न पर्खिरहेका छन ।

अपरान्ह साँढे चार बजे अस्पताललले नेता अधिकारीको अवस्था अत्यन्तै जटिल र बचाउन नसकिने बताएको थियो । यद्यपी नेता अधिकारीलाई सजिलो बनाउन हरसम्भव उपचार भईरहेको अस्पतालका चिकित्सकले बताएका छन । अहिले चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा छन्। तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर राखिएको छ ।

नेता अधिकारीको मृत्यूबारे केही नभनेपनि सामाजिक सञ्जालमा नेता अधिकारीलाई श्रदाञ्जली दिएका तस्विर र पोस्टहरु सार्वजनिक भईरहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस