पुर्वराजाको बढ्दो सक्रियता : शाह स-परिवार भारत भ्रमणमा निस्कदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २२, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।

भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।

उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।

स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस