सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २३, काठमाडौँ । नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ ।

भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो ।

नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन ।

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा कालापानी गायब छ । देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस