‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २३, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए ।

साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे ।

उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस