काँग्रेसले देशमा भ्रष्टाचार जन्मायो : शान्ता चौधरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख २३, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले देशमा भ्रष्टाचार जन्माउने पार्टी नेपाली कांग्रेस भएको आरोप लगाएकी छन्।

सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै चौधरीले भ्रष्टाचारको मूल नै कांग्रेस भएको दाबी गरिन्।

‘यो देशलाई अहिलेको अवस्थामा कसले पु¥यायोरु कांग्रेसले भ्रष्टाचार जन्मायो, हुर्कायो र संस्थागत गर्‍यो’, उनले भनिन्, ‘कांग्रेसले नै भूमाफिालाई संरक्षण गर्यो । बालुवाटार कांग्रेसले नै बेचेको हो। सुवर्ण शमशेरले यसलाई बेचेका हुन्। नेकपाको सरकारले सरकारी जग्गा फिर्ता ल्याउन जुटिरहेको छ।’

चीन९नेपालबीच यातायातसहित पारवहन पोर्टोकलमा भएको सम्झौताले अब नेपालले एउटै छिमेकीसँग मात्रै भर पर्नुपर्ने अवस्था हटेको उनको दाबी थियो। नेकपा नेतृसमेत रहेकी चौधरीले सरकारले राम्रा कार्यक्रम ल्याउँदा कांग्रेस रोइरहेको बताइन्।

ताजा अपडेट

खोजी गर्नुहोस