समाजवादीका नेता श्रेष्ठको टिप्पणी : नेकपा–कांग्रेस थारो गाई !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । नवगठित समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउने दाबी गरेका छन् ।उनले नेकपा र कांग्रेसलाई थारो गाईको संज्ञा दिँदै अब थारो गाईबाट दुधको परिकल्पना गर्न नसकिने बताए ।

काठमाडौंमा सोमबार फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा श्रेष्ठले भने, ‘हाम्रो पार्टीले काँग्रेस-कम्युनिस्टलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउँछौं ।’

श्रेष्ठले कम्युनिष्ट र काँग्रेसले भनेको भन्दा आफूहरूले फरक समाजवाद अंगाल्ने दाबी गरे । नयाँ पार्टीले समुन्नत संघीय समाजवाद अंगाल्ने उनको भनाइ छ ।

केन्द्रमा संघीय परिषद र केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र राष्ट्रिय समिति तथा स्थानीय तहमा जिल्ला समन्वय समिति, पालिकास्तरीय समिति र वडा समिति रहने श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस