राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता हुनुपर्छ : देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख २७, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने बताएका छन् । महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसक्ने उनले बताए ।

नेपाल महिला सङ्घले बिहीबार वीरगञ्जमा आयोजना गरेको दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभापति देउवाले महिलालाई ३३ बाट बढाएर ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने बताएका हुन् । दुई तिहाईको दम्भमा सरकारले नीति तथा कार्यक्रममा कांग्रेसले राखेको फरक मत तथा विरोधलाई वास्ता नगरी सरकारले प्रजातान्त्रिक पद्धतिलाई कमजोर पार्ने काम गरेको उनको भनाइ थियो ।

नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल, फरमुलाह मन्सुर, डिना उपाध्याय लगायतका वक्ताले महिलामाथि बढ्दै गएको हिंसाको घटनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस