समाजवादी पार्टीले देशको यी ठाँउमा गर्दैछ सभा, दुवै अध्यक्षले गर्नेछन सम्बोधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख २७, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २७,काठमाडौँ। समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा शहरमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहिबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै शहरमा संयुक्त रुपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

यही बैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्यान्त मिल्ने दल एवं संगठनहरुलाई एकताको लागि अपील समेत गरेको छ ।

यसका साथै दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँचदिन भित्र समायोजन निर्देशिक तयार गर्न समिति गठन गरेको छ ।

पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेष्ठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेष्ठ २५ गते पोखरामा समापन हुनेछ ।

कार्यक्रम तालिका अनुसार आगामी जेष्ठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते विरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

सो कार्यक्रममा नगरपालिका एवं गाउपालिकाका अध्यक्षहरु, प्रदेश समितिका पदाधिकारीहरु, प्रदेशस्थित भ्रातृ संगठनका पदाधिकारी, जिल्ला समन्वय समितिका संयोजक एवं इन्चार्ज तथा पार्टी केन्द्रीय समस्यहरुको सहभागिता रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस