सरकारमा बस्ने कि छाड्ने ? डा.भट्टराई र यादवबीच विवाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुईधार देखापरेको छ।

सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन्।

तर, अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन्।

भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन्। यादव भने तत्काल सरकार छाड्न तयार छैनन्।

‘बाबुरामजीमा सरकार छाडेर सडक आन्दोलनमा जानुपर्छ भन्ने दृष्टिकोण छ। तर, पार्टी अध्यक्ष यादव सरकार छाड्ने मनस्थितिमा छैनन्,’ मधेश राजनीतिका विश्लेषक भोगेन्द्र झाले भने, ‘संविधान संशोधनकै मुद्दालाई लिएर उनी सरकारबाट बाहिरिन्छन् भन्नेमा उनी निकट नेता, समर्थक र मेधशी जनतालाईसमेत विश्वास छैन।’

ताजा अपडेट

खोजी गर्नुहोस