प्रधानमन्त्री ओलीले गरे टर्कीका उपराष्ट्रपति र नर्वेका प्रधानमन्त्रीसँग भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । स्वीटरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सरकार र राष्ट्रप्रमुखसग भेटवार्ता गरेका छन् । उनले सोमबार राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्ते र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गरे।

टर्कीका उपराष्टपतिसँगको भेटघाटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएको जनाइएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले नर्वेका प्रधानमन्त्री सोल्वर्गसँग पनि भेटवार्ता गरे। भेटमा द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस