जेठ २७, विराटनगर । सरकारले लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको बिज्ञापन संबिधान सम्मत रहेकोले रद्ध नहुने प्रष्ट पारेको छ । संघीय संसदको राज्यब्यवस्था तथा सुशासन मितिले बिज्ञापन रद्ध गर्न सरकार र लोकसेवालाई निर्देशन दिएलगत्तै कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सो जवाफ दिएका हुन् ।
लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको कार्यबहाक प्रधानमन्त्री पोखरेलले बताए । प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोक सेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्त गर्ने संविधानमा व्यवस्था गरिएकोले लोकसेवाको बिज्ञापन रद्ध नहुने प्रष्ट पारेका हुन् । पोखरेलले विधेयक फिर्ता गराउनका लागि सरकारले लोक सेवा आयोगमाथि अनुचित हस्तक्षेप गर्न नमिल्ने पनि प्रष्ट पारे। संसदीय समितिले सोमबार बिहान बिज्ञापन रद्ध गर्न निर्देशन दिएको थियो ।
लोक सेवा आयोग संवैधानिक अंग भएकाले संविधानसम्मत ढंगले अघि बढाएको प्रक्रियामाथि कार्यपालिकाले अनुचित हस्तक्षेप गर्न नमिल्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको भनाई छ ।