साउन ५,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।
काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । तत्कालीन माओवादीका ईन्चार्ज रहेका लेखनाथ न्यौपाने सहइन्चार्जमा पनि अटाएका छैनन् ।
काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् । यता धादिङमा पुर्व एमालेले ईन्चार्ज पाउने भनिएतापनि पुर्व माओवादीका शालिकराम जम्मकट्टेल ईन्चार्ज तोकिएका छन । सह–ईन्चार्ज भने खेम लोहनीले पाएका छन ।