रअ प्रमुखलाई प्रधानमन्त्रीले भेट दिएनन् ! प्रचण्डलाई भेटेर फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ६, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। एक महिना अघि रअ प्रमुखमा नियुक्त भएका गोयल आइतबार नेपाल आएका थिए। गोयलले सोमबार बिहान साढे ८ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

तर उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन। यद्यपी प्रचण्डको स्वकीय सचिवालयले भने भेटबारे थाहा नभएको जनाएको छ। स्वकीय सचिव गंगा दाहाले आफू सोमबार निवासमा नभएकाले भेटघाटबारे थाहा नभएको बताइन्। रअ प्रमुखमा नियुक्त भएपछि गोयल नेपाल आउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराइएको थियो।

‘सरकारले उनलाई आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्छ भनेर पनि नेपालका तर्फबाट सोधिएको थियो तर भारतीय पक्षले पर्दैन भने,’ स्रोतले भन्यो। गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने प्रयास गरेका थिए। तर ओलीले उनलाई भेट्न चाहेनन् । ‘भारतीय पक्षबाट भेट्ने प्रस्ताव आएको थियो, प्रधानमन्त्री ज्यूले रअ प्रमुखलाई भेट्न कुनै आपत्ती नभएता पनि भारतमा नयाँ सरकार बनेपछि कोही पनि राजनीतिक व्यक्तित्व नेपाल नआएको र राजनीतिक भेटघाट नगरी गुप्तचर संस्थाका प्रमुखलाई भेट्दा गलत सन्देश जाने भएकाले रअ प्रमुखलाई भेट्दिन भनेपछि गोयल भ्रमण एकदिन छोट्याएर फर्किए’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो।

 

ताजा अपडेट

खोजी गर्नुहोस