आधा दर्जन गाडी चढ्छन् वनमन्त्री बस्नेत, सचिवालयमा सात मोटरसाइकल पनि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन्।

उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्।

यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ।

२०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन्।

ताजा अपडेट

खोजी गर्नुहोस